ताजा समाचार

१९औँ एसियाली खेलकुद अन्तर्गत नेपाल र भारतबीच क्रिकेट खेल जारी

काठमाडौँ । १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । चीनको हाङझाउस्थित झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा जारी खेलमा भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।

भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरेको हो । भारतले सिधै क्वाटरफाइनल खेलेको हो भने समूह ‘ए’ मा रहेको नेपालले मंगोसिया र माल्दिभ्सलाई हराएर क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक भारतसँग खेलेको हो । नेपाल टि–२० अन्तर्राष्ट्रियमा १६औँ स्थानमा रहेको छ भने भारत पहिलो स्थानको टोली हो । एक दिवसीय अन्तर्राष्ट्रियमा भने नेपालले अघिल्लो महिना भारतसँग र पाकिस्तानसँग खेलेको थियो ।

नेपालको तर्फबाट आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलसन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् । यस्तै भारतका तर्फबाट कप्तान ऋतुराज गायकवाड, यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह, जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org