ताजा समाचार

सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले गिरावट

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले गिरावट भएको छ । आज परिसूचक नेप्से ११.०४ अंकले घटेर १९५६.९२ को विन्दुमा पुगेर रोकिएको छ ।

बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ। म्युचुअल फण्ड उपसूचक २.३४ प्रतिशतले बढेर बन्द भएको छ ।

होटल तथा पर्यटन उपसूचक १.१७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.८४ प्रतिशतले गिरावट भएको छ ।

लगानीकर्तामा निराशा छाएको कारणले परिसूचकसँगै  कारोबार रकममा पनि गिरावट भएको छ । आज कारोबार रकम  घटेर १ अर्ब १० करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । बुधबार दिन १ अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बिहीबार कारोबार भएकोमध्ये सिटिजन्स लाइफको सर्वाधिक ४ करोड ४३ लाखको कारोबार रकम रहेको छ भने नबिल बैंकको ३ करोड १८ लाख र सोल्टी होटलको ३ करोड ९ लाखको कारोबार भएको हो ।

इनफिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशतले गिरावट हुँदा मध्येभोटेकोशी जलविद्युत् कम्पनीको सेयरमूल्य ६.६४ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.३१ प्रतिशतले गिरावट भएको हो ।

बिहीबार बजारमा कुल २३२ सूचीकृत कम्पनीको सेयर कारोबार भएका छन् । जसमध्ये १७२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै १२ कम्पनीको सेयरमूल्य स्थिर छ । बिहीबार कारोबार भएकामध्ये बाराही हाइड्रोपावरको सेयरमूल्य ९.३० प्रतिशतले वृद्धि हुँदा इस्टन हाइड्रोपावरको सेयरमूल्य ८.२६ प्रतिशत र हिमालयन लघुवित्तको सेयरमूल्य ७.९१ प्रतिशतले बढेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org