एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत
काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेमप्रसाद पराजुली चयन भएका छन्। पराजुली सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन्।
१९ गतेदेखि चलेको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनअन्तर्गत अध्यक्षका लागि पराजुली र चन्द्र रिजालको उम्मेदवारी परेको थियो। रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चुनिएका हुन्।
उपाध्यक्षमा पनि विदुर कार्की सर्वसम्मत चयन भएका छन्। सचिवमा मिलन धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार सर्वसम्मत चयन भएका निर्वाचन समितिले जानकारी दिएको छ।
एमालेमा भुगोलतर्फ ७ र गैरभूगोल (उपत्यका विशेष) गरी ८ वटा प्रदेश कमिटी छन्। ७ वटा प्रदेश कमिटीको अधिवेशन सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ। धनगढीमा हुने प्रदेश अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने कार्यक्रम छ।
Comments
अरु समाचार
-
कमलदह मेलामा कुस्तीको ‘क्रेज’
सिरहा: सिरहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी...
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर...
-
नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट
काठमाडौँ : नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स...
-
चिसो बढेपछि गोठाला बेँसी झरे, सुनसान भयो ‘बुकीपाटन’
ढोरपाटन (बागलुङ): चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक...
-
चिकित्सकहरु भन्छन्- मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै
काठमाडौँ, २६ कात्तिकः अस्वस्थ्य जीवनशैलीका कारण मधुमेहपीडितको सङ्ख्या बढिरहेको छ । नसर्ने रोगमध्येको एक मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै...
-
चीनमा व्यायाम गरिरहेका मानिसको भीडमा एक व्यक्तिले कार गुडाउँदा ३५ जनाको मृत्यु
बेइजिङ। चीनको जुहाईमा व्यायाम गरिरहेका मानिसहरूको भीडमा एक जना व्यक्तिले कार गुडाउँदा ३५ जनाको ज्यान गएको छ । यो घटनामा...
-
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रलाई...
-
विद्युत प्राधिकरणले सबै उद्योगमा लाइन जोड्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सबै उद्योगहरुमा विद्युत जडान गरेको छ । प्राधिकरणको मंगलबार बसेको बोर्ड बैठकले सबै उद्योगहरुमा लाइन...
-
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डौ।आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार...