ताजा समाचार

सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं ।सेयर बजार परिसूचक नेप्सेमा सोमबार १२.५८ अंकले गिरावट आएको छ। बिहीबारदेखि लगातार रुपमा घटिरहेको परिसूसक आज पनि दोहोरो अंकले घटेको हो ।

आज  नेप्से ०.६५ प्रतिशतले घटेर १९०८.६६ बिन्दुमा आएर बन्द भएको छ।  नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

आइतबार १ अर्ब ८० करोड १७ लाख ६६ हजार २९४ रुपैयाँ रकम बराबरको सेयर कारोबार भएकोमा आज उक्त रकम घटेर १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँमा सीमित भएको छ। २८७ वटा धितोपत्रको ४३ लाख २७ हजार १७९ कित्ता सेयर किनबेच भएको हो।

सोमबार सयपत्री हाइड्रोपावरको सबैभन्दा धेरै ९६.८८ प्रतिशत०ले सेयरमूल्य बढेको छ । थ्रीस्टार हाइड्रोपावर, हिमालयन पावर पार्टनर, इमर्जिङ नेपाल लिमिटेडसहितका धितोपत्रको समेत धेरैले सेयर मूल्य बढेको छ ।

बाराही हाइड्रोपावर र हिमालयन लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाए । यी दुवै धितोपत्रको नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

प्रोगेसिभ फाइनान्स, सानिमा जीआईसी, पिपुल्स पावरसहितका धितोपत्रको समेत धेरैले सेयरमूल्य गिरावट आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org