ताजा समाचार

बझाङमा कांग्रेसको झिनो अग्रता, अब दुई पालिका गन्न बाँकी

काठमाडाैँ । बझाङ प्रदेशसभा (१) को उप-निर्वाचनमा कांग्रेसले अग्रता कायम राखेको छ।

अब दुई पालिका गन्न बाँकि रहँदा कांग्रेस झिनो मतका साथ अगाडि छ।पछिल्लो नतिजा अनुसार कांग्रेसका अभिषेक सिंह नाै हजार एक सय ६७ मतका साथ अग्रस्थानमा छन्।

निकटम प्रतिस्पर्धी एमालेका दमन भण्डारीले नाै हजार ८४ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ८३ छ। तेस्रो स्थानमा रहेका माओवादीका जनक बुढाले तीन हजार पाँच सय ३६ मत ल्याएका छन भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार तीन सय ३५ मत पाएका छन।

हालसम्म जयपृथ्वी नगरपालिकासहित खप्तड छान्ना, छविस पाथिभेरा, सुर्मा, मस्टा गाउपालिका तथा  थलारा-९को मत गणना गरिसकिएको छ । सुर्मा गाउँपालिकाबाट अग्रता लिएको कांग्रेसले मस्टा गाउँपालिकामा पनि कायमै राखेको छ। अब तल्कोट गाउपालिका र साइपाल गाउपालिका मतगणना हुन बाकी । दुबै पालिका एमालेले जितेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org