ताजा समाचार

आज देशका केही पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । साथै, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने छ।राती भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको संभावना रहेको छ। ती क्षेत्रहरूमा वर्षाका कारण हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org