जोखिममा रहेकालाई सुरक्षित स्थानमा सारियो, कियरगिभरमा कार्यरत सबै नेपाली सुरक्षित
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा जोखिममा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा राख्नका लागि निरन्तर पहल भइरहेको बताएका छन्।
मंगलबार बिहान सिंहदरबारमा बसेको संसदको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलको पछिल्लो घटनाक्रमका सम्बन्धमा जानकारी गराउँदै मन्त्री साउदले ५५ जना नेपालीलाई सोमबार इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिएका हुन्। मन्त्री साउदले जोखिममा रहेका अन्य विद्यार्थीहरूलाई सुरक्षित स्थानमा राख्नका लागि पहल भइरहेको बताए।
मन्त्री साउदले इजरायलको दक्षिण क्षेत्रको तुलनात्मकरुपमा जोखिमयुक्त क्षेत्रमा आश्रय लिइ राखेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए।
उत्तर क्षेत्रमा रहेका फार्म हाउसमा रहेका केही नेपालीहरूलाई पनि सुरक्षित तवरले बंकरमा रहने व्यवस्था मिलाइएको मन्त्री साउदले जानकारी दिए।
उनले भने,’समन्वय र सहजीकरणका लागि परराष्ट्र मन्त्रालय र राजदूतावासका पदाधिकारीहरूलाई सम्पर्क व्यक्ति तोकी नागरिकहरूको गुनासो सुनुवाइ गरी आवश्यक सूचना प्रवाह गर्ने एवं पीडित र आफन्तको कुरा सुनेर सोही बमोजिम समाधानको लागि पहलकदमी लिने,सुझाव प्रदान गर्नेलगायतका कार्यहरू निरन्तररुपमा गर्दै आएको छौं।’
उनले नेपाल फर्कन चाहनेलाई नेपाली राजदूतावासबाट विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसन सुरू गरिएको र हालसम्म दुई सय बढीको विवरण प्राप्त भइसकेको जानकारी गराए।
मन्त्री साउदले उद्धार लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाजहरू तयारी अवस्थामा राखिएको बताए।
Comments
अरु समाचार
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...












