ताजा समाचार

नेप्सेको ओरालो यात्रा कायमै,१९ सय विन्दु तल झर्‍यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) आज मंगलबार १९.०६ अंकले घटेको छ । पछिल्ला चार दिन यता लगातार ओरालो यात्रामा रहेको परिसूचक आज उन्नाइस सय भन्दा तल १८८९.५९ विन्दुमा बन्द भएको हो ।

मंगलबार एक अर्ब २८ करोड रुपैयाँको बराबरको सेयर कारोबार भएको छ । सोमबार एक अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ । यो समूहको परिसूचक १.७९ प्रतिशत घटेको छ ।

घटेको बजारमा अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य ५.८६ प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावरको सेयर मूल्य ७.६४ प्रतिशतले घटेको छ ।

सर्वाधिक सेयर कारोबार हुनेमा सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी लिमिटेड छ । यो कम्पनीको २० करोड ३७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

२८२ धितोपत्रका ४२ लाख ८७ हजार ४२४ कित्ता खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर संस्थागतर्फ २० करोड र व्यक्तितगतर्फ १५ करोड रुपैयाँ पुर्‍याइएको छ । यो सीमा संशोधन गरिएपछि बजार बढ्ने सेयर लगानीकर्ताको आकलन थियो । यो व्यवस्थाको संशोधनपछि पनि बजारमा उत्साह देखिएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org