बीआरआई सम्मेलनमा भाग लिन चीन जाँदै उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ २९ असोजमा चीन भ्रमणमा जाने भएका छन् ।
चीन सरकारले आयोजना गर्ने तेस्रो बीआरआई सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जान लागेका हुन् । चीनले ३० असोज र १ कार्तिक (१७ र १८ अक्टोबर) मा तेस्रो बीआरआई फोरम आयोजना गर्दैछ ।
उक्त फोरममा भाग लिन उप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा एक उच्चस्तरीय टोली चीन भ्रमणमा जान भएको परराष्ट्र स्रोतले उल्लेख गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले २०१३ मा बीआरआई परियोजना सुरु गरेका थिए । उक्त परियोजना सुरु भएको एक दशक पूरा भएको उपलक्ष्यमा तेस्रो फोरम आयोजना गर्न लागेको हो ।
चीनको महत्वकांक्षी यो परियोजनामा विश्वका एक सय ५० भन्दा बढी मुलुक सहभागी भइसकेका छन् । त्यस क्रममा चीनले ५० खर्ब अमेरिकी डलरभन्दा बढ्ता खर्च गरिसकेको छ । नेपालले सन् २०१७ मा बीआरआई परियोजनामा सहभागी हुने सहमति गरेको थियो । तर, अहिलेसम्म बीआरआईअन्तर्गतका परियोजना कार्यान्वयन हुन सकेका छैनन् ।
आन्तरिक राजनीतिमा देखिएको खिचातानीका कारण बीआरआई कार्यक्रम अन्तर्गतका परियोजना छनौट भए पनि गति भने लिन सकेको छैन । दोस्रो बीआरआई फोरममा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा उच्चस्तरीय टोली चीन भ्रमणमा गएको थियो । त्यतिबेला भण्डारीले विशेष सम्बोधन गरेकी थिइन् । चीनले बीआरआई परियोजनाले एक दशक पूरा गरेका कारण तेस्रो बीआरआई फोरमबाट परिमार्जित रुपमा अगाडि बढाउने नीति लिएको छ । तेस्रो बीआरआई फोरम फर इन्टरनेशलन कोअपरेशनको मूल थिम भने ‘हाई क्वालिटी बीआरआई कोअपरेशनः टुगेदर फर कमन डेभ्प्लमेन्ट एण्ड प्रस्परेटी’ रहेको छ ।
Comments
अरु समाचार
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...












