ताजा समाचार

पाकिस्तानमा बन्दुकधारीद्वारा छ निर्माण मजदुरको हत्या

काठमाडौं । पाकिस्तानको अशान्त दक्षिण पश्चिम प्रान्त बलुचिस्तानमा बन्दुकधारीहरूले छ जना निर्माण मजदुरको हत्या गरेका छन् । बन्दुकधारीहरूले रातको समयमा मजदुरहरूको गोलीहानी हत्या गरेको पाकिस्तानी प्रहरीले शनिबार बताएको छ ।

उक्त प्रान्तको राजधानी क्वेटाबाट करिब तीन सय ७७ माइल दक्षिण पश्चिममा पर्ने तुर्बात सहरमा बन्दुकधारीले आठ जना निर्माण मजदुरमाथि गोली चलाएको प्रहरी अधिकारी हिदायातुल्लाह दास्तीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते दुई जनालाई अस्पताल पुर्याइएको छ ।

अधिकारीका अनुसार मजदुरहरू सहरको निजी निवास निर्माण परियोजनामा संलग्न रहेका थिए । आक्रमणको तत्काल कुनै समूहले पनि जिम्मा नलिएको पनि उहाँले बताउनुभयो ।

करिब दुर्ई दशकदेखि केन्द्र सरकारबाट बलुचिस्तान लिबरेसन आर्मी र अन्य पृथकतावादी समूहहरूले स्वतन्त्रताको माग गरेसँगै बलुचिस्तान निम्नस्तरीय विद्रोह स्थल भएको छ ।

बलुचहरूले प्राय पञ्जाबका मानिसहरूलाई पनि निशाना बनाउँछन् । यसअघि पञ्जाबी र सिन्धीहरू मजदुरहरू निशानमा पर्थे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org