ताजा समाचार

टिस्टा नदिमा बाढीपछि बेपत्ता भएका पाँच नेपाली आए सम्पर्कमा

काठमाडौं । भारतको सिक्किममा टिस्टा नदिमा आएको बाढी पहिरो पछि सम्पर्कविहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन् । मजदुरीका लागि सिक्किममा रहेका उनिहरु बाढीपहीरोमा फसेको आशंका गरिएको थियो ।

मजदुरीका लागि सिक्किम गएका इलाम नगरपालिका–९का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की र लाक्पा लामा ११ दिनपछि परिवारको सम्पर्कमा आएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रवप्रसाद कोइरालले जानकारी दिएका छन् ।

सम्पर्कविहीन भएका सबैजना स्वदेश फर्किदै गरेको पनि परिवारका सदस्यबाट जानकारी प्राप्त भएको कोइरालाले जानकारी दिएका छन् । बाढी आएपछि नेपाली बसोबास गर्ने स्थल तथा आसपासमा विद्युत् नहुँदा टेलिफोन तथा अन्य सञ्चार अवरुद्ध भएकाले सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ ।

पाँच जना नेपालीहरु यही असोज १६ गतेदेखि नै सम्पर्कविहीन भएका थिए । सोही दिन सिक्किमको उत्तरी भेगको हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षापछि गएको पहिरो र टिस्टा नदीमा बाढी आउँदा धनजनको क्षति भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org