ताजा समाचार

कोशी प्रदेश: मुख्यमन्त्रीले शपथ लिँदै, आजै राना र राईले मन्त्रीको शपथ लिने

काठमाडाैँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले दुईजना मन्त्री नियुक्त गर्ने भएका छन् ।

उनले शपथग्रहणपछाडि  एमालेबाट रामबहादुर राना र कांग्रेस (शेखर पक्ष)बाट शम्शेर राईलाई मन्त्री नियुक्त गर्ने भएका हुन् ।

दुवैजना इलामका हुन् । समशेर इलाम क्षेत्र नम्बर १ (२)  बाट र राना २(२) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।  कार्कीले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

पहिलो चरणमा दुई जनालाई मन्त्री बनाउने र विश्वासको मतपछि सरकार विस्तार गर्ने सहमति भएको भएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

उनले दशैंअगाडि नै विश्वासको मत लिने  तयारी भएको समेत बताए ।

कांग्रेसबाट विद्रोह गरेका ८ सांसद र एमालेको ३९ सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै उनी काठमाडौं गएका थिए । काठमाडौंमा उनले कांग्रेस नेता डा. शेखर कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org