ताजा समाचार

एनआरएनएको ११औं अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदै

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । प्रत्येक दुई वर्षमा हुने उक्त सम्मेलन आज काठमाडौंमा हुन लागेको हो ।

अधिवेशनको दिउँसो २ बजे होटल सोल्टीमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै अधिवेशनको समापन कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्।

एनआरएनएको अध्यक्ष पदका लागि चार आकाङ्क्षीले प्रतिस्पर्धा गर्दैछन् । महाधिवेशनमा अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेको एनआरएनए सचिवालयले जनाएको छ ।

एनआरएनएको महाधिवेसनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।

एनआरएनएले ८७ वटै शाखाको अधिवेशन सकिसकेको छ भने ४ हजार २ सय २७ प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। एनआरएनएमा ९६ हजार सङ्गठित सदस्य रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org