ताजा समाचार

कोशीका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् ।संविधानको धारा १६८ को उपधारा ५ बमोजिम न्युक्त भएका मुख्यमन्त्री कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।

कार्की नेपाली कांग्रेसको शेखर कोइराला समूहबाट नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।

उनलाई एमालेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने जनाएका छन्। राप्रपा र जसपाले भने विश्वासको मत दिने कि नदिने भनेर निर्णय गरी सकेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org