ताजा समाचार

नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश

काठमाडौं । विश्वकप २०२६ को एसिया छनोटको नेपालले (१–०) गोलले लाओसलाई पराजित गर्दै फिफा दोस्रो चरणमा प्रवेश गरेको छ ।

लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई १—० ले पराजित गर्दा नेपालका मनिस डाँगीले दोस्रो हाफमा गरेको गोल नै निर्णयक बनको थियो । उनले ५२औं मिनेटमा अन्जन विष्टको पासमा सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरेका थिए ।

अब नेपालले छनोटको दोस्रो चरणमा समूह जी मा यूएई, बहराइन र यमनसँग होम एण्ड अवे गरेर ६ खेल खेल्न पाउने छ । यसअघि नै भएको दोस्रो चरणको ड्र मा यस समूहमा युएई र बहराइन थिए । यमन भने पहिलो चरणमा श्रीलंकालाई समग्रमा ४–१ ले पराजित गर्दै दोस्रो चरणमा पुगेको हो ।

त्यसअघि पहिलो हाफमा दुवै टोलीले केही अवसर बनाएपनि फिनिसिङ गर्न नसक्दा अग्रता लिने अवसर गुमाएका थिए ।

खेलमा पहिलो अट्याकले लाओसले गरेको थियो । १८औं मिनेटमा लाओसका मिकाइल भाङको प्रहार नेपालका गोलकिपर किरण कुमार लिम्बुले बचाएका थिए ।

२२औं मिनेटमा नेपाल गोलको नजिक पुगेको थियो । तर उत्सव राईले एरिक विष्टको क्रसमा पेनाल्टी बक्सबाट गरेको हेडर क्रस बारमाथिबाट बाहिरिएको थियो ।

३९औं मिनेटमा लाओसका चोनी वेनपासेरथले पेनाल्टी बक्सबाट गरेको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो ।

४८औं मिनेटमा मनिष डाँगीले सनिश श्रेष्ठको पासमा पेनाल्टी बक्सको एजबाट प्रहार गरेको बल थोरैले पोष्ट भन्दा बाहिर गएको थियो ।

६५औं मिनेटमा मनिष डाँगीले करिब २५ यार्डबाट हानेको लामो प्रहार लाओसका गोलकिपरले बचाएका थिए ।

७२औं मिनेटमा नेपालका जिलेस्पी जंग कार्कीले अग्रता दोब्बर पार्ने अवसर गुमाए । उनले नजिकैबाट प्रहार गरेको हेडर पोष्ट नजिकैबाट बाहिरियो ।

नेपालका कप्तान किरणले इन्जुरी टाइममा लाओसका काएडाभोन सौभानीको हेडर उत्कृष्ट बचाउ गर्दै नेपालको संकट टारेका थिए । यसै खेलबाट डिफेण्डर अमृत श्रेष्ठले नेपालका लागि डेब्यु गरेका छन् ।

पहिलो पटक सिनियर टिममा स्थान बनाएका अमृत इन्जुरी टाइममा फरवार्ड जिलेस्पीजंग कार्कीको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । दोस्रो चरणमा ६ खेल खेल्ने अवसर पहिलो चरण पार गरेपछि नेपाली फुटबल टोलीले अब विश्वकप छनोटको दोस्रो चरणमा ६ खेल खेल्न पाउनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org