ताजा समाचार

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला आजदेखि सुरु,पहिलो खेलमा नेपाल र युएई भिड्दै

काठमाडौं । नेपाल,हङकङ र युएई सम्मिलीत त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला आजदेखि सुरु हुँदै छ । श्रृङ्खलाको पहिलो खेलमा नेपाली टिमले आज युएईसँग मुलपानी रंगशालामा खेल्नेछ ।

नेपाल र युएई बिच पछिल्लो पटक २०२२ फेब्रुअरीमा टी२० विश्वकप छनोटमा खेलेका थिए । जहाँ सेमिफाइनलमा नेपाल यूएईसँग नै ६८ रनले पराजित हुँदै विश्वकप पुग्न असफल भएको थियो ।

बाँकी खेल नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईको सामना गर्ने तालिका छ । युएई र हङकङबीच भने कात्तिक ५ र ८ गते प्रतिस्पर्धा हुनेछ ।

एकअर्कासँग समान दुई खेल खेलेपछि अंकतालिकाको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । श्रृङ्खलाको फाइनल खेल कात्तिक १० गते हुनेछ ।

फाइनल खेल कीर्तिपुरस्थित त्रि.वि क्रिकेट मैदान तथा अन्य खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् । सबै खेलहरू बिहान ११ बजे बाट सुरुहुनेछन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org