ताजा समाचार

राष्ट्रपति सीले गरे बीआरआई फोरमको उद्घाटन

एजेन्सि । चीनको राजधानी बेइजिङको ग्रेट हल अफ दी पिपुलमा चीनले दश वर्ष अगाडि सार्वजनिक गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) फोरमको उद्घाटन भएको छ ।

उद्घाटन चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेका छन् । विश्वका १४० देशका राष्ट्र तथा सरकार प्रमुख अथवा उच्च प्रतिनिधिहरू सहभागी भएको फोरमको उद्घाटन सत्र आज बिहान सम्पन्न भएको छ । सी ले प्राचीन सिल्क रोड देखी भूपरिवेष्टित बाट भू जडित भएका बीआइआई परियोजनाका बारेमा मन्तव्य दिए ।

शान्ति, विकास र सहकार्य अहिलेको आवश्यकता भएको बताए । आठ बुँदे प्राथमिकता सार्वजनिक गर्दै सिले ठुला देखी जनजीविकाका परियोजना हुँदै पूर्वाधार देखी जनस्तरको कनेक्टिभिटीमा काम गर्ने बताए ।

फोरमको उद्घाटन हिजै भए पनि औपचारिक उद्घाटन आज भएको हो । औपचारिक उद्घाटनको मुख्य मञ्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्यादिमिर पुटिनदेखि दक्षिण एसियाबाट पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अन्वर अल हक ककरदेखि श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंगेसम्म उपस्थिति रहेका थिए ।

नेपालबाट भने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शीर्ष नेतृत्व पुगेको छ । सरकारभन्दा बाहिरका शीर्ष अनुहारमा भने सत्ताधारी दल नेकपा एसका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल छन् ।

सन २०१७ मा पहिलो, सन २०१९ मा दोस्रो बीआरआई फोरमको कार्यक्रम भएका थिए । पहिलो फोरमको नेतृत्व तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महराले गरेका थिए भने दोस्रोको नेतृत्व तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

सन २०१३ को सेप्टेम्बरमा काजाकिस्तानको भ्रमणमा रहेका सिले सिल्क रोड इकोनोमिक बेल्टको कुरा गरेका थिए । त्यसैबाट क्रमशः विकास भएर बेल्ट एण्ड रोड इनिसिएटिभको रूपमा विकास भएको हो ।

बीआरआई दश वर्ष पुगेको अवसरमा चीनले तामझाम गरेर तेस्रो फोरम आयोजना गरेको हो । पूर्वाधार देखी गैर पूर्वाधार दुवै क्षेत्रमा सक्रिय बीआरआईको तेस्रो फोरममा भाषादेखि सांस्कृतिक हुँदै सिइओ लगायतका विभिन्न फरक फरक उपकार्यक्रमहरू पनि चीनले आयोजना गरेको छ । १४३ देशका चार हजार पत्रकार कार्यक्रममा सहभागी भएको चिनियाँ पक्षले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org