ताजा समाचार

दसैँमा घर जाने सैनिक र परिवारलाई यातायात सुविधा

काठमाडाैँ । बडादसैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरूलाई सहुलियतको यातायात सुविधा उपलब्ध भइरहेको छ।

असोज २१ गतेबाट आज ३० गतेसम्म मुलुकका विभिन्‍न स्थानहरुमा स्थल तथा हवाई यातायात सञ्चालन गरिएको जंगी अड्डाले जनाएको छ।

सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा सवारी साधन (बस) मार्फत ४२१ जना र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी/हिमाली क्षेत्रहरू लगायत लामो दूरीका गन्तव्यहरुमा हवाई उडानमार्फत ६०५ जना गरी हालसम्म १०२६ जना सकलदर्जा एवं आश्रित परिवारहरूले यात्रा गरिसकेका छन्।

यस पटकको यातायात सुविधा आगामी कार्तिक २ गतेसम्म सञ्चालन हुने सैनिक मुख्यालयले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org