ताजा समाचार

आन्तरिक राजस्व विभागद्वारा असोज महिनामा३० अर्ब १८ करोड राजस्व संकलन

काठमाडौं । आन्तरिक राजस्व विभागले असोज महिनामा ३० अर्ब १८ करोड राजस्व संकलन गरेको छ।                               विभागले गत आर्थिक वर्षको तुलनामा २ अर्ब बढी राजस्व संकलन गरेको हो ।
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्म  ९६ अर्ब ४८ करोड राजस्व संकलन गरेको छ। गतवर्ष सोहि अवधिको तुलनामा ०.०३ प्रतिशतले कमि हो ।
गत आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा विभागले ९६ अर्ब ५० करोड राजस्व संकलन गरेको थियो। सरकारले चालु वर्ष १ करोडसम्म मूल्य अभिवृद्धि कर (भ्याट)को विवरण चौमासिक रुपमा बुझाउन पाउने नियम बनाएको छ। यसकारण पनि पहिलो त्रैमासमा केहि कम राजस्व उठेको विभागको दाबी छ ।
चालु वर्ष विभागले ६ खर्ब ७७ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। पहिलो त्रैमासमै    लक्ष्यभन्दा २२ अर्ब ६० करोडले पछि परिसकेको छ ।
बढ्दो आर्थिक मन्दीले आन्तरिक राजस्वमा सुधार हुन सकिरहेको छैन । भन्सार राजस्वमा गतवर्षको तुलनामा १०.८८ प्रतिशतको सुधार देखिए पनि आन्तरिक राजस्वमा सुधार देखिन सकेको छैन ।
पहिलो त्रैमासमा सरकारले २ खर्ब ८९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ खर्ब १९ अर्ब मात्रै राजस्व संकलन भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org