चितवनमा रगत अभाव भएपछि रक्तदान गर्न रेडक्रसको अपिल
काठमाडौं । चितवनमा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवनले रक्तदान गर्न अपिल गरेको छ । चाडपर्वसँगै अस्पतालमा बिरामीको सङ्ख्या बढी तर रक्तदानका कार्यक्रम कम भएका कारण रगतको अभाव भएपछि रेडक्रसले सूचना प्रकाशित गरी रक्तदान गर्न अपिल गरेकोे हो ।
रक्तदान कार्यक्रम नियमित हुन नसक्दा रगत अभाव भएपछि सोसाइटीका सभापति हरिप्रसाद पौडेल र मन्त्री राममणि खनालले सूचना प्रकाशित गरी रक्तदान गर्न अपिल गर्नुभएको हो । जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पतालमा आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको तर चाडवाडमा रक्तदानका कार्यक्रम कम भएको अपिलमा उल्लेख छ ।
अपिलमा भनिएको छ, ‘मागअनुसार रगत आपूर्ति गर्न कठिनाइ भएकाले रगतको अभावमा पीडित मानवलाई जीवनदान दिन सम्पूर्ण रक्तदाता महानुभाव, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिनु हुनका लागि हार्दिक अपिल गर्दछौँ ।’
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले रक्तदान कार्यक्रममा विगतमा जस्तो रक्तदाताको उत्साहजनक सहभागिता नहुने गरेको बताउनुभयो । दसैँअघि रक्तदान कार्यक्रम भए पनि रक्तदाताको सङ्ख्या घट्दा हाल रगतको अभाव भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘रक्तदाताको सङ्ख्या घट्दै गएको छ, धेरै सङ्ख्यामा युवाहरू विदेश पलायन हुँदा रक्तदाताको सङ्ख्या घटेको हुनसक्छ ।’
भरतपुरमा मात्रै दैनिक एक सय ५० युनिट हाराहारी रगतको माग हुने गरेको भन्दै मागअनुसारको रगत आपूर्ति गर्न कठिन भएकोे पौडेलले बताउनुभयोे । उहाँले भन्नुभयो, ‘भोलिबाटै विभिन्न स्थानमा रक्तदानका कार्यक्रम आयोजना हुँदैछन्, जस कारण रगतमा केही सहजता हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...