ताजा समाचार

डब्लूएचओको क्षेत्रीय निर्देशकको चुनाव आज नेपाल र बंगलादेशका उम्मेदवारबिच प्रतिस्पर्धा

काठमाडौं । विश्व स्वास्थ्य संगठनको(डब्लूएचओ)को दक्षिण–पूर्वी एसियको क्षेत्रीय निर्देशक पदको चुनाव आज(बुधबार)हुँदै छ । उक्त पदमा नेपाल र बंगलादेशका उम्मेदवार प्रतिस्पर्धी छन्।

चुनावमा नेपालले  डब्लूएचओमै कार्यरत शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । आचार्यले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेदले प्रतिस्पर्धा गर्नेछिन् । प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले उनका लागि बंगलादेश सरकाले कूटनीतिक लबिङमा जोड दिएको छ ।

डब्लूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रिय कमिटिको बैठक नयाँदिल्लीमा सोमबारदेखि सुरु भएको हो । यही बैठकले नयाँ क्षेत्रीय निर्देशकको पनि चयन गर्नेछ । डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय दिल्लीमा छ ।

डब्लूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रिय कमिटिमा ११ देश सदस्य छन् । पालैपालो सबै देशका स्वास्थ्यमन्त्रीहरु क्रमश क्षेत्रीय अध्यक्ष हुन्छन् । तर, क्षेत्रीय निर्देशकको पद भने भने सदस्य राष्ट्रबीचको मतदान वा सहमतिबाट चुनिँदै आएको छ । अहिले क्षेत्रिय निर्देशक पदमा भारतका डा.पुनम खेत्रपाल सिंह छिन् । उनले दोस्रो कार्यकाल पूरा गर्दैछिन् ।

डब्लूएओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल,भुटान उत्तर कोरिया, भारत, बंगलादेश, म्यानमार,श्रिलंका,माल्दिभ्स, थाइल्याण र टिमोर लिस्टे छन् । ११ सदस्य राष्ट्रमध्ये यसपटक म्यानमारले मत दिन पाउने छैन् । त्यहाँ सैनिक शासन रहेको र संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले म्यानमारले मतदान दिन नपाउने भएको हो ।

सदस्य देशका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा मन्त्रलयका उच्च अधिकारी क्षेत्रीय बैठकमा भाग लिन नयाँदिल्ली पुगेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org