ताजा समाचार

गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु

काठमाडाैँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको अन्नपूर्ण आधार शिविर (एबीसी) भ्रमणको तयारी र सुरक्षाका लागि खटिएका एक जना प्रहरी अधिकारीको लेक लागेर मृत्यु भएको छ ।

घान्द्रुक प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको बुधबार बिहान निधन भएको हो ।

अन्नपूर्ण बेसक्याम्पबाट फर्किने क्रममा उनलाई मंगलबार श्वासप्रश्वासमा समस्या भएको थियो । हिमालय भन्ने ठाउँमा असहज भएपछि एअर डाइनेष्टीको हेलिकप्टरमा बुधबार बिहान पोखरा ल्याइएको थियो ।

मनिपाल शिक्षण अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको कास्कीका एसपी मोहन थापाले जानकारी दिए । ढुंगाना गत १२ कार्तिकमा हेलिकप्टरमा आधार शिविर पुगेका थिए । उनको जन्म घर पर्वत हो । राष्ट्र संघका महासचिव गुटेरेस मंगलबार बिहान आधार शिविर पुगेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org