ताजा समाचार

ओमनले दियो नेपाललाई १४६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप छनोट प्रतियोगितामा विहिबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र ओमनबिचको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनले नौ विकेट गुमाएर नेपाललाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पहिलो ओभरको पाँचौ बलमै नेपालका करण केसीले ओपनर ब्याट्सम्यान कास्यप प्रजापतीको विकेट लिएपछि दबाबमा रहेको ओमनको दोस्रो विकेट सोमपाल कामीले ३.१ ओभरमा लिएका थिए । समग्र खेलमा करण केसीले तिन विकेट, सोमपाल कामी र सन्दीप लामीछानेले समान दुईदुई विकेट लिए भने गुल्सन झा र अबिनास बोहोरा समान एकएक विकेट लिएका छन् ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र ओमन दुवैको यो तेस्रो खेल हो । समान दुई खेलमा चारचार अंककासाथ दुवै टिम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

आठ राष्ट्रको सहभागिता रहेको यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान पक्का गर्नेछन् । सन् २०२४ को टी—२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org