ताजा समाचार

यूएईविरुद्ध फिल्डिङमा नेपाल, सन्दीप जोराको स्थानमा फर्किए दीपेन्द्र सिंह ऐरी

काठमाडाैँ । टी-ट्वान्टी विश्वकपमा छनोट हुन निर्णायक खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

मूलपानी मैदानमा टस जितेर यूएईले पहिले ब्याटिङको निर्णय लिएको हो ।

नेपाली टीममा एक परिवर्तन गरिएको छ । सन्दीप जोराको स्थानमा दीपेन्द्र सिंह ऐरी टीममा फर्किएका छन् ।

बाँकी खेलाडी ओमानसँग प्रतिस्पर्धा गरेकाहरू नै छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org