ताजा समाचार

एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको न्यूजिल्याण्ड विरुद्ध रोमाञ्चक जित

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले न्यूजिल्याण्ड विरुद्ध रोमाञ्चक जित निकालेको छ ।

प्रतिस्पर्धात्मक खेलमा न्यूजिल्याण्डले पाकिस्तानलाई ४०१ रनको विसाल लक्ष्य दिएको थियो । वर्षाका कारण पटकपटक रोकिएको खेल डिएलएस विधिद्वारा ४१ ओभरमा घटाइए पछि पाकिस्तानले ३४२ रनको लक्ष्य पाएको थियो । पुनः वार्षका कारणले खेल अवरुद्ध भएपछि पाकिस्तानले २१ रनले जित निकालेको हो ।

खेलमा फकर जमानले ८१ बलमा १२६ रन बनाएर शतकिय पारी खेले भने । कप्तान बाबर आजामले ६३ बलमा ६६ रनको अर्धशतकिय पारी खेलेका थिए । अर्का ओपनर अब्दुल्लाह साफिक सुरुमै आउट भएपछि जमानले कप्तान बाबर अजामसँग १८८ रनको लोभलाग्दो साझेदारी गरेका थिए ।

न्यूजिल्याण्ड सँगको खेलमा जित निकाले सँगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायममै रहेको छ । अंक तालिकामा दुवै टिमको समान आठ अंक छ भने सामान्य रनरेटले न्यूजिल्याण तालिकामा अगाडी रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org