ताजा समाचार

कांग्रेसद्वारा बाजुरा जीप दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले गएराति केआईसिंह राजमार्गमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । गएराति धनगढीबाट बाजुरातर्फ जाँदै गरेको जीप गएराति केआइसिंह राजमार्गमा दुर्घटना हुँदा चार जनाको मृत्यु र पाँच जना घाइते भएको थियो ।

कांग्रेसले आज एक शोक विज्ञप्ति जारी गर्दै सो घटनाका मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै कांग्रेसले घाइतेको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org