ताजा समाचार

‘डिप्लोम्याटिक फ्लाइटस्’ भनिएको अमेरिकी विमान काठमाडौंमा,सरकारी निकाय मौन

अमेरिकी वायुसेनाको एउटा विमान आइतबार काठमाडौं आइपुगेको छ । अर्को उडान बिहीबार हुने बुझिएको छ । ‘डिप्लोम्याटिक फ्लाइटस्’ भनिए पनि त्यसबारे थप विवरण सरकारी निकायलाई नदिइएको स्रोतले बताएको छ ।

अमेरिकी दूतावासको सैनिक सहचारी कार्यालयले वायुसेनाको विमान आउन लागेको जानकारी परराष्ट्र मन्त्रालयलाई झण्डै एक महिनाअघि दिएको थियो । तर त्यसबारे विस्तृत विवरण नखुलाइएको बुझिएको छ । नेपाली सेनाले पनि आफ्ना मातहतका इकाइलाई त्यसबारे लेखेको पत्र र दिइएको बोधार्थमा समेत कूटनीतिक उडानबारे कुनै जानकारी नदिइएको स्रोतको दाबी छ ।

अमेरिकी दूतावासले कुटनीतिक उडानअन्तर्गत आइतबार दिउँसो साढे १२ बजे आइपुगेको विमान पर्सि राति पौने २ बजे उड्ने र बिहीबार बिहान ९ बजे आइपुग्ने अर्को विमान आगामी शनिबार राति सवा २ बजे उड्ने संक्षिप्त जानकारी मात्र गराएको हो । त्यसमा वायुसेनाको डिओ ३२८ कल साइन सीएटीए २०२ विमान प्रयोग भएको बताइएको छ ।

अल्टरनेटिभ अर्थात् वैकल्पिक कल साइनको रुपमा सीएटीए १०१, सीएटीए ३०३ हुने बुझिएको छ । चालक मार्टिन सयर र केल्ली इभान रहेको उक्त विमानको तौल १५ हजार ६६० किलोग्राम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org