ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड र कोइरालाबीच बालुवाटारमा भेटवार्ता

काठमाडाैँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

सोमबार बिहान कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका हुन्।

प्रधानमन्त्री दाहाल र नेता कोइरालाबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।

प्रधानमन्त्री दाहालले आइतबार नै कोइरालालाई भेट्न बोलाएका थिए। प्रधानमन्त्री र कोइरालाको कार्यव्यस्तता भएपछि सोमबार भेटवार्ता गरिएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org