ताजा समाचार

भुकम्प अपडेटः जाजरकोटमा मृत्यु हुनेको संख्या घट्यो !

काठमाडौं । गत शुक्रबार जाजरकोटमा भूकम्पमा परि मृत्यु हुनेको संख्या घटेको छ । यसअघि उक्त भुकम्पमा परि १०५ जनाको मृत्यु भएको भनिए पनि मृतक संख्या १०१ जना यकिन भएको पछि संख्या घटेको हो ।

नलगाड नगरपालिकामा घर भएर भेरी नगरपालिका स्थित खलंगा बजारमा मृत्यु भएकाहरूको नाम दोहोरो परेको हुनाले संख्या कम भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु खलङ्गामा भएपनि नलगाड नगरपालिकाले पनि मृतकको सूचीमा उनको नाम राखेको पाइएको छ ।

चार जना मृतकको नाम दोहोरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए । जाजरकोटमा अहिलेसम्म १०१ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरूको जिल्ला अस्पताल जाजरकोटमा पोस्टमार्टम गरिएको छ ।

मृतक ९५ जनाको शव आफन्तहरूलाई बुझाएको भएपनि ६ जनाको परिवारका सदस्य विदेशबाट आउँदै गरेकाले शव जाजरकोट अस्पतालमा रहेको डिएसपी रोकाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org