ताजा समाचार

युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज आठ खेल हुँदै

लन्डन । युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज आठ खेल हुँदैछन्। आज रातिको पहिलो खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डको मैदानमा घरेलु टिमविरुद्ध इंग्लिस क्लब न्युकासल खेल्दैछ।समूह ‘एफ’अन्तर्गत न्युकासलले डर्टमन्डसँग राति साढे ११ बजे खेल्नेछ। ग्रुप अफ डेथ मानिएको यो समूहमा दोस्रो लेगका खेल आजदेखि सुरु हुन लागेका हुन्। यी दुवै टिमको स्कोर समान चार(चार छ। त्यसैले दुवै टिमलाई यो खेल जितेर दोस्रो अथवा शीर्ष स्थानमा पुग्ने अवसर छ।

पहिलो लेगको खेलमा डर्टमन्डले न्युकासललाई १–० ले हराएको थियो। आज न्युकासल त्यसकै बदला लिने दाउमा हुनेछ। समूह एफकै अर्को खेलमा पीएसजीले मिलानको सामना गर्नेछ। यी दुई टिम पनि आ(आफ्नो देशको लिगको निकै बलिया टिम हुन्। पीएसजी समूहको शीर्ष स्थानमा छ भने मिलान पुछारमा छ। त्यसैले मिलानलाई आज पीएसजीलाई हराएर नकआउट छनोटमा कायमै रहने अवसर हुनेछ।

समूहमा चारमध्ये चारै टोली बलियो भएकाले यो समूहका खेल निकै रोमाञ्चक हुनेछ। त्यसैगरी राति साढे ११ बजे बार्सिलोनाले सख्तर डोनेस्कको सामना गर्नेछ। समूह जीको म्यानचेस्टर सिटीले घरेलु मैदानमा योङ बोइजलाई आतिथ्यता प्रदान गर्नेछ। एट्लेटिको मड्रिडले सेल्टिकको सामना गर्ने तालिका छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org