सयपत्री फूलको व्यावसायिक खेतीबाट आम्दानी
काठमाडौं । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा व्यस्त देखिनुहुन्छ फूल व्यवसायी रामप्रवोध पण्डित ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका रामप्रवोध पण्डित व्यावसायिक सयपत्री फूल खेती गर्नुभएको छ । पण्डितले चार वर्षअघि कोरोनाको समयमा बन्दाबन्दी हुँदा कामविहीन भएपछि सुबधिमाई पूल भण्डार तथा उत्पादन शाखा सञ्चालन गरेर व्यावसायिक फूल खेती सुरुवात गर्नुभएको थियो । हरैयामा १० कट्ठा जमिन भाडामा लिएर उहाँले व्यावसायिक फूल खेती सुरु गर्नुभएको थियो । सुरुमा फूल खेतीसम्बन्धी अनुभव नहुँदा र लगातार दुई वर्षको बन्दाबन्दीमा खासै आम्दानी गर्न नसके पनि व्यवसायलाई उहाँले निरन्तरता दिनुभयो ।
गत वर्ष पाँच जातको सयपत्री फूल खेती गर्नुभएका उहाँले यसपालि ‘मेग्रा’, ‘चिनाचेरी’, ‘कर्मा त्रिपल फाइभ ओरेन्ज’, सेतो हजारी, कलकत्ते ओरेन्जलगायत जातका सयपत्रीका बिरुवा लगाउनुभएको छ । उहाँले गत वर्ष तिहारको समयमा फूल मात्रै रु १० लाखको बिक्री गर्नुभएको थियो । यसपटक पनि तिहारको समयमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य रहेको पण्डितले बताउनुभयो । आफूले फूल खेतीबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि गाउँका युवालाई वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने सल्लाह उहाँ दिनुहुन्छ । फूल खेतीबाट आम्दानी राम्रो हुन थालेपछि आफूलाई काम खोज्दै विदेश पनि जान नपरेको उहाँको भनाइ छ ।
आफूहरु श्रीमान्, श्रीमती र दुई बुहारीसहित फूल खेतीमा लागिरहेको बताउँदै पण्डितकी श्रीमती फुलोदेवी फुलोले भन्नुभयो, ‘जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके आयआर्जनको बलियो आधार हुने अवस्था रहेको छ ।’ फूल उत्पादनका लागि यहाँको माटो उपयुक्त रहेको फुलाको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको छ ।
रामप्रवोधले यसपालि फूल खेतीको क्षेत्र विस्तार गरेर एक बिघा पु¥याएको हुँदा उपभोक्ताले केही सस्तो मूल्यमा फूल किन्न पाउने धारणा व्यक्त गर्नुभयो । फूलमा क्षीरेश्वरनाथ नगरपालिका र आसपासका गाउँ नगरलाई आत्मनिर्भर गराउने उद्देश्यले फूल खेतीको क्षेत्र विस्तारको योजना रहेका पण्डितले बताउनुभयो । ‘फूल खेतीबाट हुने आम्दानी राम्रो छ, याममा लाखौँको फूल बिक्री भइरहेको छ’, उहाँले भन्नुभयो ।
उहाँले स्थानीय एभरेष्ट पेपर मिल्सको जागिर छोडेर फूल खेतीमा लाग्नुभएको हो । उहाँले मासिक २५ हजारको जागिर छाड्नु भएको हो । उहाँको परिवारलाई घाम उदाएदेखि अस्ताएसम्म फूलबारीमा काम गर्न भ्याइनभ्याई हुन्छ । फुलोदेवी भन्नुहुन्छ, ‘फूलको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै फूलमा पानी हाल्यो, गोडमेल ग¥यो समय बितेको पत्तै हुँदैन ।’ व्यावसायिकरुपमा सयपत्री फूल खेती गर्नुभएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो ।
तिहारको बेलामा मात्र नभई अन्य समयमा पनि फूलको माग हुने गर्दछ । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने गरेको पण्डित बताउनुहुन्छ । ‘यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यवसायमा अझ उत्साहित बनाएको छ ।’
पण्डितले विवाह, पूजा, विभिन्न सङ्घसंस्थाको औपचारिक तथा अनौपचारिक कार्यक्रममा उत्पादन गरेको सयपत्री फूलको माला खपत हुने गरेको बताउनुभयो । ‘सार्वजनिक कार्यक्रममा अतिथि सत्कारका लागि खादाभन्दा मालाको माग बढ्दो छ,’ पण्डितले भन्नुभयो, ‘उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पु¥याउनै सकेको छैन ।’
कृत्रिम फूलका प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको क्षीरेश्वरनाथ नगरपालिकाका कृषि अधिकृत गङ्गा यादवले बताउनुभयो । प्रतिमाला २५ देखि ३० रुपैयाँले बिक्री हुने गरेकामा तिहारको अवधिभर २५ हजार फूलको माला बिक्री हुने उहाँको विश्वास छ । यसबाट रु सात लाखभन्दा माथि आम्दानी हुने उहाँको भनाइ छ ।
पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि पण्डित एक उदाहरण बनेका छन् । “फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन । एक बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पु¥याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन’, उहाँले भन्नुभयो ।
बजारमा मालाको अभाव देखिनु नेपाली किसानले व्यावसायिकरुपमा पुष्प खेती नगर्नुको उपज भएको पण्डितको भनाइ छ । ‘कहिलेकाहीँ काम धेरै भएका बेला ज्यालामा पनि खेताला लगाउने गरेको छु’, उहाँले भन्नुभयो, ‘एक्लै भए पनि काम गर्न आनन्द लाग्छ, ढकमक्क फुलेका फूलको सुगन्धले एक्लोपनको आभास नै गराउँदैन ।’
कम लगानीमा छिटो र उत्पादन राम्रो हुनाका साथै आम्दानी मनग्य भएपछि पण्डित पुष्प व्यवसायमा आकर्षित हुनुभएको हो । ‘विभिन्न कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग बढ्न थालेपछि व्यावसायिक रुपमा गर्दा आम्दानी हुन्छ भन्ने लागेपछि यसतर्फ लागेका हौँ,’ उहाँले भन्नुभयो, ‘फूल आयातको सट्टामा निर्यात हुन्छ, जिल्लामै फूलको खपत पनि हुने भएपछि यसमा लागेका हौँ, तिहारमा यो फूल अझ बढी खपत हुन्छ, यसले हामीलाई उत्साह थपेको छ ।’
सुरुआत गर्दा आफ्नै चार÷पाँच कट्ठा जमिनमा तीन रुपैयाँ गोटाको दरले फूलको बिरुवा किनेर करिब एक हजार पाँच सय जति रोपेर सुरुआत गरेको फूल खेती अहिले एक बिघामा विस्तार गरेको पण्डितको गुनासो राज्यसँग छ । उहाँले आफूहरु जस्तो किसानलाई राज्यले कुनै किसिमको सहयोग नगरेको गुनासो गर्नुहुन्छ । उहाँले प्राविधिक सहयोगका साथै केही अनुदानको बन्दोबस्त राज्यस्तरबाट भए अरू पनि किसान व्यावसायिक फूल खेतीतर्फ आकर्षित हुने धाराणा राख्नुहुन्छ ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...