ताजा समाचार

प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

मंगलबारका लागि छापावाल सुनको मूल्य एक लाख १५ हजार र तेजावी सुनको मूल्य एक लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ । सोमबार एक लाख १५ हजार ४ सय रुपैयाँमा छापावाल र एक लाख १४ हजार ८५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै सोमबार तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org