ताजा समाचार

भूकम्प पीडितलाई भूपालमानसिंह कार्की प्रज्ञापरिषद्को १० लाख सहयोग

काठमाडाैँ । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले भुकम्प प्रभावित क्षेत्र जाजरकाेट र रुकुम पश्चिमका पीडितका लागि १० लाख रूपियाँ  प्रदान गरेको छ ।

परिषद्का कोषाध्यक्ष प्रा.डा.बालमानसिंह कार्कीले उपप्रधान मन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १० लाख रूपियाँ चेक हस्तान्तरण गरेका हुन ।

भूपाल प्रज्ञापरिषद्का अध्यक्ष श्री लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले भुकम्प प्रभावित क्षेत्र जाजरकाेट र रुकुम पश्चिमका पीडितका लागि १० लाख निर्णय गरेको हो ।

भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरेकाे लागेको प्रज्ञापरिषद्का जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org