सर्वदलीय बैठकपछि रवि लामिछानेको प्रतिक्रिया– जनता जोगाउनुहोस्, व्यवस्था आफैं जोगिन्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्पबाट पीडित बनेका जनताहरुलाई यतिबेला बचाउनतिर ध्यान नदिएर व्यवस्था जोगाउन भन्दै सर्वदलीय बैठक बसेको भन्दै आपत्ति जनाएका छन्।
उनले यतिबेला भूकम्पबाट पीडित जनालाई पाल र ब्ल्यांकेट चाहिएको, चिसोबाट ज्यान जोगाउनु परिरहेको अवस्थामा उनले सर्वदलीय बैठक बस्ने दललाई जनता जोगाउनतिर लाग्न सुझाव दिएका हुन्।
उनले भनेका छन्, ‘आदरणीय “सर्वदलीय हेड सर”हरु यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भूकम्प पीडितका घरमा पाल र ब्ल्यांकेट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्। व्यवस्था आफैं जोगिन्छ, परिवर्तन आफैं जोगिन्छ।’
उनले अघि भनेका छन्, ‘सुत्केरीहरुको जिउ सुन्निएको छ, अस्थाइ शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ। जुटाइदिएको पाल, चामल, दाल समयमै बाड्न नसक्ने अनि चिन्ता व्यवस्थाको, परिवर्तन को?’
उनले यदि शीर्ष दलहरुले सक्दैनन् भने रास्वपाले जनताको लागि काम गर्न सक्ने र त्यसका लागि तयार रहेकोसमेत लामिछानेले बताएका छन्।
चुनौती दिँदै उनले भनेका छन्, ‘तपाईंहरुले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माणसम्मको जिम्मा लिन तयार छ। फेरि पनि भन्छु, व्यवस्थामा खतरा छैन, भए पनि जोगाउने जनता छन्। तिनको जीवन रक्षा गरिदिनुस्।’
उनले जनता परिवर्तनका लागि तातो गोली खानसमेत पछि नहटेका जाजरकोट, रुकुम र बझाङका जनतालाई यस्तो चिसोमा आकाशमुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले आफ्ना आँखा नराम्ररी बिझाएको बताएका छन्।
‘परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आँखा नराम्ररी बिझाए।
नोट: उद्दार कार्य उत्कृष्ट थियो तर राहत वितरण कत्ति पनि सही भएन।’
Comments
अरु समाचार
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...












