अस्पताल निर्माण गर्न जग्गा दान
काठमाडौं । ‘एउटा स्थानीय तह, एउटा अस्पताल’अन्तर्गत हिमाली जिल्ला मनाङमा अस्पताल निर्माण गरिने भएको छ । नासो गाउँपालिकामा अस्पताल निर्माणका लागि स्थानीय डा देवीजङ्ग गुरुङले जग्गा दान गर्नुभएको छ । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको समन्वयमा उहाँले जग्गा दान गर्नुभएको हो ।
नासो–५ थोचेस्थित ‘हिमालयन फ्यामली हेल्थकेयर’को स्वामित्वमा रहेको उक्त जग्गा अस्पताल निर्माणका लागि पालिकालाई दिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार छ रोपनी ११ आना जग्गामध्ये पाँच रोपनी अस्पताल निर्माण गर्न पालिकालाई दान गरिएको छ ।
मनाङमा जन्मिएर अमेरिकामा बस्दै आउनुभएका डा गुरुङले दान गरेको जग्गाको मुल्य चलनचल्ती अनुसार करिब रु ७५ लाख पर्छ । गाउँपालिकाले पाँच श्ययाको अस्पताल निर्माण गर्ने योजना बनाएको छ । तर जग्गा अभावका कारण हालसम्म अस्पताल निर्माण गर्न सकिएको थिएन ।
हिमालयन फ्यामली हेल्थ केयरका संस्थापक तथा कार्यकारी निर्देशकसमेत रहेका डा गुरुङले आफ्नो संस्थाको उद्देश्यसँग मिल्ने खालको काम पालिकाले गर्न लागेपछि जग्गा उपलब्ध गराएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले पनि अस्पताल बनाउनकै लागि जग्गा खरिद गरेका हौँ । तर, निर्माण गरिएको थिएन । अहिले पालिकाको उद्देश्य र हाम्रो एउटै रहेकाले अस्पताल बनाउन जग्गा दिएका हौँ ।’
अस्पताल निर्माण भएपछि नासो गाउँपालिकावासीलाई स्वास्थ्योपचारमा सहज हुनेछ । सामान्य उपचारका लागि पनि स्थानीयवासी सदरमुकाम वा छिमेकी जिल्लाको अस्पताल पुग्नुपर्ने अवस्था छ । पालिकाले एक विशेषज्ञ चिकित्सक रहने गरी अस्पताल निर्माण गर्ने योजना बनाएको छ । अध्यक्ष गुरुङले जग्गा निःशुल्क उपलब्ध भएकाले अब अस्पताल निर्माणको प्रक्रिया थाल्ने बताउनुभयो ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...