ताजा समाचार

न्यायाधीश नियुक्ति गर्न न्याय परिषदकाे बैठक बस्दै: अधिवक्ता पाेखरेल पुगे बालुवाटार

काठमाडाैँ । न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्ति गर्ने भएको छ। बिहिबार केहीबेरमा बस्रे न्याय परिषद रिक्त पदमा न्यायाधीश नियुक्ति गर्ने तयारी गरेकाे हाे।

अाजकाे न्यायपरिषदकाे बैठकले न्यायाधीश नियुक्ति गर्नेछ । सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा  हाल उच्च अदालतका मुख्य न्यायाधीश राजन भट्टराइ, महेश्वर  शर्मा पाैडेल,टेक नारायण ढुंगाना र  विजय मिश्र, नृपध्वज निरौला, डीएन पराजुली र सरिता शर्मा लगायत नियुक्ति हुने सम्भावना छ ।

अधिवक्ता डा.दिनमणी पाेखरेल न्यायधीश नियुक्तिमा नपर्ने भएपछी प्रधानमन्त्रीसंग छलपफल गर्न बालुवाटार पुगेकाे स्राेतले बताएकाे छ ।

न्यायपरिषद्का अध्यक्षसमेत रहने प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन भ्रमणबाट गत शुक्रबार मात्रै स्वदेश फर्किए ।

त्यसअघि न्यायपरिषद्का सदस्य रामप्रसाद भण्डारी अमेरिकामा झन्डै एक महिना बसेर फर्किए । न्याय परिषद् सदस्य एवं कानुनमन्त्री धनराज गुरुङ अमेरिका जाने तयारीमा छन् । परिषद्का सबै सदस्य एकैपटक उपस्थिति नहुँदा डेढ महिनादेखि बैठक बस्न सकेकाे थिएन् ।

न्याय परिषद्को बैठक बस्न नसक्दा सर्वोच्चमा न्यायाधीश सिफारिस हुन नसकेको हो । नयाँ न्यायाधीश नियुक्ति नहुँदा सर्वोच्चमा रहेका मुद्दाको चाप बढ्दो छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org