चारदेशीय महिला टी–२० सिरिजका लागि नेपाली टोली घोषणा,कप्तानको जिम्मेवारी इन्दु वर्मालाई
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी–२० सिरिजका लागि आज १४ सदस्यीय नेपाली महिला टिमको घोषणा गरेको छ।
नेपाली टिमको कप्तानको जिम्मेवारी अलराउन्डर इन्दू बर्माले पाएकी छिन्। यस्तै विन्दू रावललाई उपकप्तान तोकिएको छ।
नियमित कप्तान रुबिना क्षेत्रीले टी–२० सिरिजअघि हङकङमै वुमन्स अल स्टार्स टी–२० सिरिज खेल्दैछिन्। सिरिजमा अलराउन्डर सीता रानामगरले पनि प्रतिस्पर्धा गर्नेछिन्। दुवै खेलाडी बिहीबार हङकङ प्रस्थान गरेका छन् भने सिरिज खेलेपछि नेपाली टिममा समावेश हुनेछन्।
नेपालले कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा हुने टी–२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेको हो।
प्रतियोगिता आयोजक हङकङसहित नेपाल, जापान र तान्जानिया छन्। नेपालले पहिलो खेल कात्तिक २९ मा तान्जानियासँग खेल्नेछ। दोस्रो खेल कात्तिक ३० मा हङकङ र समूहको अन्तिम खेल जापान मंसिर २ मा हुनेछ। शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
नेपाली टिम
इन्दू बर्मा (कप्तान), विन्दू रावल (उपकप्तान), रुबिना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमू बिष्ट, पूजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन रहेका छन् ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...