ताजा समाचार

बाबर आजमलाई पछि पार्दै एकदिवसीय ब्याटरतर्फको शीर्ष स्थानमा उक्लिए सुभमन गिल

काठमाडौं । भारतीय क्रिकेट टिमका ओपनर ब्याटर सुभमन गिल पाकिस्तानी कप्तान बाबर आजमलाई पछि पार्दै एकदिवसीय क्रिकेटको ब्याटरमा शीर्ष स्थानमा उक्लेका छन् ।

विश्वकपको सुरुवातमा डेँगुको शिकार भएका गिलले ६ वटा इनिङ्स खेल्दै २१९ रन बनाएका छन् । उनले बंगलादेश र श्रीलंकाविरुद्ध अर्धशतकीय पारी खेलेका छन् । जारी विश्वकपका ८ खेलमा ४ अर्धशतक बनाएका बाबर दोस्रो स्थानमा झरेका छन् । तेस्रो वरीयतामा दक्षिण अफ्रिकाका क्विन्टन डि कक छन् ।

उनी एक दिवसीय क्रिकेटको ब्याटिङतर्फ शीर्ष स्थानमा पुग्ने भारतको चौथो खेलाडी हुन् । यसअघि सचिन तेन्दुल्कर, महेन्द्र सिंह धोनी र विराट कोहली शीर्ष स्थानमा पुगेका थिए ।

जारी विश्वकपमा दुई शतक र चार अर्धशतक बनाएपछि कोहली अहिले वरियताको चौथो स्थानमा उक्लेका छन् । भारतीय कप्तान रोहित शर्मा भने छैटौं स्थानमा छन् ।

बलिङतर्फ भारतका मोहम्मद सिराज शीर्ष वरीयतामा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org