ताजा समाचार

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा आजबाट सुनुवाइ

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आजबाट सुनुवाइ हुँदै छ ।

मन्त्रिपरिषद्को कात्तिक २७ गतेको निर्णयबाट सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत खुलेकै दिन १० रिट दर्ता भएका थिए ।

आइतबार छठ पर्वको बिदा परेकाले सबै रिटमा सोमबारका लागि सुनुवाइ तोकिएको सर्वोच्च अदालतका सह–प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिएका छन् ।

१० रिटमाथि आज एकसाथ सुनुवाइ हुने बताइएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी पर्शुराम पाण्डेसहित १० जनाले सरकारको निर्णय विरुद्ध रिट दायर गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org