ताजा समाचार

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं ।आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । भने तेजाबी सुन तोलाको एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्यमा वृद्धि भए पनि आज चाँदीको मूल्य भने स्थिर छ । नेपाली बजारमा चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org