ताजा समाचार

टिकटक प्रतिबन्धविरुद्धका रिट न्यायाधीश विनोद शर्माको इजलासमा

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा परेका छन् । सोमबार न्यायाधीश डा। कुमार चुडालको एकल इजलास बस्नै नसकेपछि ती रिट ‘हेर्न नभ्याइने’मा परेका थिए ।

गएको कात्तिक २७ गते मन्त्रिपरिषद्ले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्ध कार्यान्वयन हुने वा रोकिने भन्ने सर्वोच्चको आदेशमा निर्भर रहन्छ ।

सर्वोच्चले सो प्रतिबन्ध कार्यान्वयनमा रोक लगाएमा आममानिसले टिकटक चलाउन पाउनेछन् । सर्वोच्चले कारण देखाऊ आदेश मात्र जारी गरेमा भने अन्तिम फैसला नहुँदासम्म टिकटकमाथिको प्रतिबन्ध कायम रहनेछ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध १४ रिट दर्ता छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अनन्तराज लुइँटेल, सुनीलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्दलगायत अधिवक्ताले रिट दायर गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org