ताजा समाचार

विश्वभरका प्रभावशाली सय महिलाको सूचीमा नेपालकी रुक्सना कपाली

एजेन्सी । बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वभरका प्रभावशाली सय महिलाहरुको सूचीको सन् २०२३ को संस्करणमा नेपालकी रुक्सना कपाली परेकी छिन् । बीबीसीको यो सूचीमा नेपालकी पारलिंगी महिला ९ट्रान्सजेन्डर वुमन० कपाली पनि परेकी हुन् ।

बीबीसीकाअनुसार कपालीले ट्रान्सजेन्डर समूदायको मानवअधिकारका लागि नेपालमा काम गरेकाले उनलाई यो सूचीमा समावेश गरिएको हो ।

नेपालमा एलजीबिटिक्यु प्लस समुदायको कानुनी तथा संवैधानिक अधिकारका लागि सक्रिय रुपमा उनले काम गरिरहेकी छिन् । उनी युवा अवस्थामा आफ्नो लैंगिकताबारे खुलेर बाहिर आई सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट एलजिबिटिक्यु समुदायका लागि काम गरिरहेको बीबीसीले जनाएको छ ।कपाली हाल कानुन संकायमा तेस्रो वर्षमा अध्ययरत छिन् । नेवार समुदायको अल्संख्यक समुदाय जुगीबाट रहेकी उनले सो क्षेत्रका मानिसहरुको अधिारका लागि पनि काम गरिरहेकी छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org