ताजा समाचार

सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगमा थपिए चार सदस्य

काठमाडौं । सरकारले अवैध सुन तस्करी नियन्त्रणका लागि गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगमा चारजना सदस्य थप गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको थियो । आयोगको मागबमोजिम चारजना प्राविधिक जनशक्तिसहितको सदस्य थपिएको उनले जानकारी दिइन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org