ताजा समाचार

कर दिवसमा आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. क्षेत्री सम्मानित

काठमाडौँ । १२औं राष्ट्रिय कर दिवस एवं कर सप्ताह २०८० को अवसरमा आन्तरिक राजश्व विभागले उत्कृष्ट कर्मचारी डा. डि.बि. क्षेत्रीलाई सम्मान  गरेका छ ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीलाई आन्तरिक राजश्व विभागले उत्कृष्ट कर्मचारी घोषणा गरेको हो ।

आन्तरिक राजश्व विभागले १२औं राष्ट्रिय कर दिवस एवं कर सप्ताह २०८० को अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा। प्रकाश शरण महतबाट नगद सहित उत्कृष्ट कर्मचारीको प्रमाण–पत्र प्रदान गरेका छन् ।

१ वर्षभन्दा बढि समयदेखि आन्तरिक राजश्व कार्यालय विराटनगरमा कार्यरत प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीले देश चरम आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा सन्तोषजनक रुपमा कर असुली गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org