दुर्गा प्रसाईंको भक्तपुरस्थित निवास परिसरमा प्रहरी परिचालन
काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको छ।
भक्तपुरको ठिमीस्थित घरमा सुरक्षा बढाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले प्रसाईंको घर वरपर सुरक्षा बढाइएको जानकारी दिइन् । उनले प्रसाईंलाई नजरबन्द गरिएको भन्ने कुरा गलत भएको बताइन् । ‘सुरक्षाका कारण उहाँको घरमा सुरक्षा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गर्नुभयो भने, कार्यक्रममा सहभागी हुनबाट पनि रोक्दैनौं,’ श्रेष्ठले लोकान्तरसँग भनिन् ।
बिहीवार काठमाडौंको बल्खुमा प्रदर्शन गरेका प्रसाईंले शुक्रवारदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए ।
प्रशासनले भने तीनकुनेमा प्रदर्शन गर्न अनुमति नदिइएको बताएको छ । प्रसाईं समर्थकहरू तीनकुने या बल्खु कता जाने भनेर अलमलमा परेको देखिएको छ ।
Comments
अरु समाचार
-
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड
काठमाडौं । राष्ट्रियसभा, सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् ।...
-
झापामा कोशी प्रदेशकै लामो पुल निर्धारित समय अगावै निर्माण सम्पन्न
काठमाडौं । झापामा कोशी प्रदेशको सबैभन्दा लामो र देशको तेस्रो लामो झोलुङ्गे पुल निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न भएको...
-
आइजीसीको बैठ काठमाडौंमा सुरु, वस्तु निर्यातदेखि वाणिज्य सन्धिसम्मका विषय उठाइने
काठमाडौं । नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आइजीसी)को बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत...
-
अमेरिकाको पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु
काठमाडौं । अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु भएको छ। भर्जिनियाको स्यान्टिली शहरस्थित एक होटल बाहिर रहेको पोखरीमा...
-
तिब्बतका भूकम्पपीडितलाई नेपालीको सहयोग
काठमाडौं । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख...
-
लस एन्जलस डढेलोः कम्तीमा १० जनाको मृत्य
काठमाडौं । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस...
-
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत
काठमाडौं । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७...
-
ज्योति खड्का अभिनित गित‘त्यो रुपमा जादु छ’को म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । ज्योति खड्का अभिनित ‘त्यो रुपमा जादु छ’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । खड्का पछिल्लो समय...
-
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
काठमाडौं । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।...