ताजा समाचार

घरमै पत्रकार सम्मेलन गरेर दुर्गा प्रसाईंले भने– म अहिले ‘हाेम अरेस्ट’मा छु

काठमाडाैँ । गणतन्त्रविराेधी अभियन्ता दुर्गा प्रसाईंले आफूलाई प्रहरीले हाेम अरेष्ट गरेकाे बताएका छन् ।

घरमै पत्रकार सम्मेलन गरेर उनले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको प्रष्ट पारे ।

‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने ?’ उनले प्रश्न गरे, ‘हामीले गणतन्त्र यसैका लागि ल्याएको हो ?’

उनले भने, ‘म क्यान्सर सर्भाइभर हुँ । कति बाँच्छु मलाई नै थाहा छैन । प्रचण्डसँग धेरै लामो संगत गरेको हुँ । हिजो जंगलबाट झिकेर सत्तामा पुर्याउने एउटा भर्याङ म पनि हुँ । हिजो जनतालाई गरेको बाचा पूरा भयो कि भएन रु आज उहाँलाई सत्तामा पुर्याउने र राजसंस्था फ्याक्ने आज राजा भएको देशमा काम गर्दैछन् । उहाँहरुका ५० हजार घाइतेमध्ये मैले २० जनाको त गोली निकालेको छु । १७ हजार मरेका छन् । उनीहरुले के पाए ?’

‘हिजो उहाँलाई सहयोग गरुञ्जेल छोरो भन्नुहून्थ्यो । उहाँहरुको आवाज उठाउँदा मलाई एरेस्ट गरिन्छ भने हिजो सैनिक हिरासतको कठोर यातना भोगेको हुँ । पुलिसको यातना भोग्न पनि तयार छु ।’ प्रसाईंले थपे ।

आफूलाई पक्राउ गरेर यो अभियान नरोकिने उनको भनाइ छ । यो व्यवस्था परिवर्तन नहुञ्जेल काठमाडौंका पसलहरु बन्द गर्न उनले आह्वान गरे ।
‘स्कुलहरु चलुन्, एम्बुलेन्सहरु चलुन्, पसलहरु बन्द गरिदिनुस,’ प्रसाईंले भने, ‘दक्षिणकाली लगेर कालो बोको कटाउनुस, म भाग्नेवाला छैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org