ताजा समाचार

टी–२० शृङ्खला: भारतको जित,अस्ट्रेलिया ४४ रनले पराजित

काठमाडौं । घरेलु टोली भारतले टी–२० शृङ्खला अन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । जितसँगै पाँच खेलको शृङ्खलामा भारतले २–० को अग्रता बनाएको छ । थिरुवनन्तपुरममा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गरेको थियो । भारतले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रनमा अलआउट भयो ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४५ रन बनाए भने कप्तान म्याथ्यु वेडले ४२ रन जोडे । यस्तै, टिम डेविडले ३७, स्टेभेन स्मिथ र म्याथु शर्टले १९–१९ रन बनाए । भारतका रवि बिस्नोइ र प्रसिद्ध कृष्णाले ३–३ विकेट लिए भने अर्शदीप सिंह, अक्षर पटेल र मुकेश कुमारले एकरएक विकेट लिए । त्यसअघि भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो ।

भारतको जितमा ऋतुराज गायकवाडले ५८ रनको अर्धशतकीय पारी खेले । यस्तै, यशस्वी जैसवालले ५३ र इशान किशनले ५२ रनको योगदान गरे । रिङ्कु सिंहले ३१ रन बनाए भने सूर्यकुमार यादवले १९ रन जोडे । अस्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए भने मार्कस स्टोइनिसले १ विकेट लिए । भारत पहिलो खेलमा २ विकेटले विजयी भएको थियो । अब तेस्रो खेल भोलि हुनेछ । यस्तै, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org