ताजा समाचार

नेपाल सुपर लिगमा इलामले निकाल्यो पहिलो जित

काठमाडौं । झापालाई १–० ले पराजित गर्दै इलामले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित निकालेको छ । आज दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा इलामका लागि विदेशी खेलाडी अमाथले ८७ औं मिनेटमा गोल गरे पछि इलामले जित निकाल्न सफल भएको हो ।

त्यसअघि ८२ औं मिनेटमा इलामले पाएको पेनाल्टीमा अमाथ गोल गर्न चुकेका थिए । यो खेलसँगै दोस्रो संस्करणमा थपिएका तीनवटै नयाँ टोली पहिलो खेलमा पराजित भएका छन् ।

यसअघि पहिलो खेलमा इलाम काठमाडौं रेजर्ससँग पराजित भएको थियो । यस्तै अर्को नयाँ टोली वीरगंज युनाइटेड आफ्नो पहिलो धनगढी एफसीसँग पराजित भएको थियो । आज झापा पनि आफ्नो पहिलो खेलमा पराजित भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org