ताजा समाचार

एनसेलको सबै सेयर बेचेर मलेसियाको आजियाटा कम्पनी नेपालबाट बाहिरिने

काठमाडौं । एनसेलको ८० प्रतिशत शेयर हिस्सा रहेको मलेसियाको आजियाटा कम्पनी नेपालबाट बाहिरिने भएको छ । उसले आफ्नो सबै शेयर विक्रीमा राख्ने निर्णय गरेको छ ।

आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले सञ्चालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन्।

आजियाटाले ७ वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको थियो । त्यसबेलाको करको विवाद अहिलेसम्म कायमै छ । एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि आजियाटाले नेपाल छाड्न लागेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org