ताजा समाचार

एमालेको मध्यपहाडी अभियानः आज डडेल्धुराबाट डोटी पुग्दै

काठमाडाैँ । नेकपा एमालेको बिहीबार सुरु भएको मध्यपहाडी अभियान शुक्रबार डोटी पुग्दै छ ।

अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बैतडीको झुलाघाटबाट अभियान सुरुवात गरेका थिए । बिहीबार १३० किलोमिटर यात्रा गरेर अभियान डडेल्धुराको अमरगढी आइपुगेको थियो ।

शुक्रबार अभियान अमरगढीबाट सुरु भई डोटीको सिलगढीसम्म पुग्नेछ । यो क्रममा ७० किलोमिटरको यात्रा हुनेछ । एमालेले मध्यपहाडी लोकमार्गले छोएका जिल्लाहरूमा पश्चिम झुलाघाटदेखि पूर्वको चिवा भञ्ज्याङसम्म यात्रा गर्दै छ । यो क्रमम आमसभा, कोणसभा, अन्तर्क्रिया र छलफल जस्ता कार्यक्रम हुनेछन् ।

शुक्रबार अमरगढीमा बिहानको खाना खाएर यात्रा सुरु हुनेछ । त्यसपछि सकाली, गोपघाट, राजापुर चोक र दिपायलमा भेटघाट तथा छलफलहरू हुनेछन् भने सिलगढीमा सभा आयोजना गरिनेछ । अध्यक्ष ओलीलगायत एमालेका शीर्ष नेताहरू यो यात्रामा सहभागी छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org